धरान उपमहानगरको सेवा एक साताका लागि बन्द 

धरान उपमहानगरको सेवा एक साताका लागि बन्द 

धरान उपमहानगरपालिका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि नगरका सम्पूर्ण सेवा ठप्प पारिएको छ। 
धरानमा सक्रमणको दर बढ्दै गएपनि लकडाउनमा नजाने नगरले निर्णय गरेको थियो। 

थप जोखिम नहोस् भन्नका लागि नगरपालिका र वडा कार्यालयहरुबाट प्रवाह हुने सम्पुर्ण सेवा बिहीबारदेखि बन्द गरिएको प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए। 

बुधवार मात्रै धरानमा १ सय १४ जना संक्रमित थप भएका छन्। यो हालसम्मकै उच्च संख्या हो। 

समुदाय तहमा कोरोना फैलिसकेको चिकित्सकले बताएका छन्। नगरपालिकाबाट सेवा लिने सेवाग्राहीको भिड हुने हुँदा थप जोखिम ननिम्तियोस भनेर सेवा बन्द गरिएको खतिवडाको भनाई छ। 

उनका अनुसार नगरका केही जनप्रतिनिध र कर्मचारीमा कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका छन्। यसअघि ३, ८, १२, १५ र १५ नम्बर वडामा बढी कोरोना संक्रमित भेटिएपछि कार्यालयहरू बन्द गरिएका थिए। 
 


Leave a Reply

Your email address will not be published.