झापामा प्रहरी हिरासतमा रहेका चारजनामा कोरोना

झापामा प्रहरी हिरासतमा रहेका चारजनामा कोरोना

इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका चारजनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा एकजना बिर्तामोड  नगरपालिका ५ का र अरु तीनजना भद्रपुर नगरपालिकाका बासिन्दा हुन्।

बिर्तामोड प्रहरीको हिरासतमा रहेका १० जनाको पिसिआर परीक्षण गर्दा चारजनाको  रिपोर्ट पोजिटिभ आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका  प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए। 


Leave a Reply

Your email address will not be published.