प्रत्यक दिन १२५ जनाले गुमाउँछन् दृष्टि

प्रत्यक दिन १२५ जनाले गुमाउँछन् दृष्टि

आज विश्व दृष्टि दिवस। विभिन्न कार्यक्रमको आयोजना दिवस मनाइँदै छ। ‘दृष्टिप्रतिको आशा’ भन्ने मूल नाराका साथ विश्वभरि दिवस मनाइँदै छ।

नेपालका विभिन्न स्थानमा आँखा अस्पताल र उपचार केन्द्रले आँखा स्वास्थ्य सेवा प्रवाह गरे पनि नेपालमा प्रत्येक दिन १ सय २५ जना दृष्टिबिहीन हुने गरेका छन्। ती मध्य ८० प्रतिशत अर्थात् सय जनाले उपचारपश्चात दृष्टि प्राप्त गर्ने गरेका छन् भने २५ जना अर्थात २० प्रतिशतले दृष्टि गुमाउने गरेका छन्। 

दृष्टिबिहीनको मुख्य कारण मोतियाविन्दु, जलविन्दु, दृष्टिदोष मधुमेह तथा उच्च रक्तचाँपले दृष्टि पर्दामा हुने रोगहरू रहेको नेत्र विशेषज्ञ चिकत्सहरू बताउने गरेका छन्।

विश्वमा ३ करोड ६० लाख दृटिविहीन र २१ करोड ७० लाख मध्यम गम्भीर प्रकारको दृष्टिको संख्या गरी २५ करोड ३० लाख विश्वमा दृष्टिबिहीनताको समस्या रहेको तथ्याङ्कले देखाएको छ। नेपालमा २ लाख ४६ हजार दृष्टिबिहीन रहेको अनुमान गरिएको नेत्रविशेषज्ञ डा कौशल पोखरेलले जानकारी दिएका छन्।

प्रत्यक वर्ष २४ हजार नयाँ दृष्टिबिहीन थपिने सम्भावना रहेको छ। हरेक दिन एक सय २५ जनाले दृष्टि गुमाउने गरेका छन्। उनीहरू मध्य ७ जना बालबालिकाहरू हुने गरेका छन्। अहिले दृष्टिदोषका ११ लाख ६४ हजार १६ देखि ३५ उमेरका, करिब ३८ लाख ३५ वर्षका चश्मा लगाउनुपर्ने आँखाका बिरामी छन्।

नेपाल नेत्रज्योति संघ अन्तर्गत् करिब ९० प्रतिशतभन्दा बढी भागहरूमा आँखा उपचारलाई संघ अन्तर्गतको आँखा अस्पतालहरू, उपचार केन्द्रहरूमार्फत् सेवा प्रदान गर्दै आइरहेको नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले बताए। नेत्रज्योति संघअन्तर्गत हाल नेपालमा २० वटा आँखा अस्पताल र १ सय २१ वटा आँखा उपचार केन्द्रहरू सञ्चालनमा रहेको उनले जानकारी दिएका छन्।

यसैगरी प्रदेश नम्बर ५ मा दृष्टिबिहीनताको समस्या मोतियाविन्दुका कारण दृष्टिबिहीन २० हजार एक सय, मोतिवन्दुको समस्या ३० हजार एक सय ५१ र नयाँ दृष्टिबिहीनता प्रतिवर्ष १६ हजार ६ सय ४१ रहको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताए। 

दृष्टिबिहीनताको व्यापकता प्रदेश नम्बर ५ मा १५ हजार ४ सय ६२ रहेको छ। दोस्रो दृष्टिबिहीनताको सर्वेक्षण अनुसार २०१० मा शून्य दशमलव ८४ नेपालमा थियो भने हाल शून्य दशमलव ३५ मा झरेको छ।

साविक राप्ती अञ्चलमा भने शून्य दशमलव ८७ रहेकोमा हाल शून्य दशमलव १३ प्रतिशतमा झरेको वरिष्ठ प्रशासक थापाले जानकारी दिएका छन्। त्यस्तै नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत् सञ्चालित तीनवटा आँखा अस्पताल र उपचार केन्द्रले हालसम्म २८ लाख ३८ हजार ५ सय ४० जनाको आँखा जाँच सेवा दिएको छ। त्यस्तै एक लाख ८० हजार ९ सय ८८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरी नयाँ ज्योति प्रदान गरिएको छ।

जस मध्य ४ लाख ३१ हजार ५ सय ७२ जना ओपिडी र ३६ हजार ४ सय २४ जना मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको वाह्य कार्यक्रम संयोजक शाकिकराम गौतमले जानकारी दिएका छन्। उनले अस्पतालले विभिन्न सचेतनामुलक कार्यक्रम समेत गर्ने गरेको बताए। 

आँखा स्वास्थ्य सेवालाई जनस्तरसम्म पु¥याउन, अस्पतालसम्म उपचारका लागि आऊन् भन्ने उद्देश्यले स्वास्थ्यकर्मी, औषधी विक्रेता, पत्रकार, स्थानीय निकायका जनप्र्रतिनिधिहरू, शिक्षक, महिला स्वास्थ्य स्वयेम्सेविका, धामीझाँक्री, आमा समूहलाई आधारभुत आँखा स्वास्थ्य तालिम, विभिन्न समयमा आँखा स्वास्थ्य सेवा दिने गरेको बताए।

उनले आँखामा चोटपटक लाग्यो तथा आँखामा समस्या आयो भने परम्परागत रुपमा झारफुक गर्ने, जडिबुटीहरू हाल्ने, ढिलो गरी अस्पतालसम्म पुगेर उपचार गराउने र अस्पतालसम्म आउँदा दृष्टि नै गुम्ने भएका कारण सचेतनाका लागि तालिम दिने गरेको बताए।


Leave a Reply

Your email address will not be published.