देशभर ४३६४ र काठमाडौंमा मात्रै २५४० संक्रमित थपिए
पछिल्लो २४ घन्टामा देशभर चार हजार तीन सय ६४ संक्रमित थपिएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ।
यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा दुई हजार पाँच सय ४० संक्रमित थपिएका छन्।
संक्रमित हुनेमा काठमाडौंका दुई हजार ८५ जना, भक्तपुरका १ सय ३५ जना र ललितपुरका ३ सय २० जना रहेका छन्।
पछिल्लो २४ घन्टामा २ हजार ६ सय ७५ जनाले कोरोना जितेका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ।