नेपालमा थप १२ संक्रमितले ज्यान गुमाए

नेपालमा थप १२ संक्रमितले ज्यान गुमाए

देशभर थप १२ कोरोना संक्रमितको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १२ जनाले ज्यान गुमाएका हुन्।

ज्यान गुमाउनेमा सुनसरीका र धनुषाका एक/एक जना, काठमाडौंका तीनजना, ललितपुर र भक्तपुरका एक/एक जना रहेका छन्। यस्तै चितवनका तीनजनाको ज्यान गएको छ भने कास्की र सुर्खेतका एक/एक जनाको ज्यान गएको छ।

मन्त्रालयका अनुसार चारजना महिला र ८ जना पुरुषको ज्यान गएको हो। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ९० पुगेको छ। यो कूल संक्रमित मध्ये ज्यान गुमाउने ०.६० प्रशित हो।


Leave a Reply

Your email address will not be published.