एक किलो अवैध सुनसहित दाङमा तीनजना पक्राउ
दाङमा प्रहरीले एक किलो अवैध सुनसहित तीनजनालाई पक्राउ गरेको छ।
प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार दिउँसो देउखुरीको लमही नगरपालिका–९ अमिलियाबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दुईजना घोराहीका र एकजना बुटवलका व्यक्ति रहेका छन्।
विशेष सूचनाका आधारमा जुत्तामा लुकाएर ल्याउँदै गरेको सुन जस्तो पहेंलो धातुसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यायल दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन्।
अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले अन्य विवरण खुलाएको छैन।