नोबेल साहित्य पुस्कार अमेरिकी कवि लुइस ग्लुकलाई

नोबेल साहित्य पुस्कार अमेरिकी कवि लुइस ग्लुकलाई

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुइस ग्लुकलाई प्रदान गरिएको छ। बिहीबार द स्विडिस एकेडेमीले उनलाई सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो।

उनलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार प्रदान गरिएको हो।

सन् १९४३ मा न्युयोर्क शहरमा जन्मिएकी उनले सारा लरेन्स कलेज र कोलम्बिया विश्वविद्यालयमा अध्ययन गरेकी छन्।

नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन्।


Leave a Reply

Your email address will not be published.