कोरोना अस्पतालमा बुटवलका एक संक्रमितको मृत्यु

कोरोना अस्पतालमा बुटवलका एक संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ।

बुधबार अस्पतालको सघन कक्षमा भर्ना भएका बुटवल उपमहानगरपालिका–६ का ८० वर्षीय पुरुषको बिहिबार दिउँसो १:२५ बजे उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

ती पुरुषमा दम मधुमेह, प्रेसर, स्वासप्रश्वासमा समस्या हुनेका साथै ज्वरो आएको गौतमले बताए।


Leave a Reply

Your email address will not be published.