साझा पार्टीको केन्द्रीय समिति पुनर्गठन

साझा पार्टीको केन्द्रीय समिति पुनर्गठन

साझा पार्टीले केन्द्रीय कार्यसमिति पुनर्गठन गरेको छ। सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाउँदै साझाले पुर्नगठन गरेको हो।

थप गरिएका केन्द्रीय सदस्यहरूमा मुलतः युवाहरू रहेको साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जनाएका छन्। गत फागुनम लुम्बिनीमा भएको राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको थियो।

थप गरिएका ३७ जना नयाँ सदस्यहरूमा १० जना महिला रहेको संयोजक मिश्रले बताएका छन्। केन्द्रीय समिति पुर्नगठनसँगै पार्टीलाई वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्देश्यका साथ समान विचार र उद्देश्य भएका राजनीतिक पार्टी, समूह र अभियानहरूसँग पार्टी एकीकरण र धु्रवीकरण प्रक्रिया सुरु भएको मिश्रले बताए।

साझा पार्टीको केन्द्रीय समिति थपिएकाहरूमा महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदिप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी, दीपक पौडेल, हरि प्रसाद गौतम, अर्जुन प्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशब बहादुर मल्ल, सुशील राज देबकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ, लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दिपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे रहेका छन्।


Leave a Reply

Your email address will not be published.