फ्रेन्च ओपन फाइनल पुगिन् पाेल्यान्डकी स्विटेक
पोल्यान्डकी इगा स्विटेक बिहीबार भएको फ्रेन्च ओपन टेनिसको महिलातर्फ पहिलो सेमिफाइनलमा विजय प्राप्त गर्दै पहिलो ग्रान्ड स्लाम फाइनल पुगेकी छन्।
१९ वर्षीया उनले अर्जेन्टिनी प्रतिद्वन्द्वी पोडोरोस्कालाई ६–२, ६–१ को सेटमा हराइन्। उनले ७० मिनेटमै सफलता पाएकी थिइन्।
५४ औं वरीयताकी स्विटेक सन् १९७५ यता रोलान्ड ग्यारोसमा महिलातर्फ फाइनल पुग्ने तल्लो वरीयताकी पहिलो खेलाडी भएकी छन्।
पोडोरोस्काले पनि आफ्नो खेलजीवनको पहिलो ग्रान्ड स्लाम सेमिफाइनल खेलेकी हुन्।
स्विटेकले चौथो चरणमा शीर्ष वरीयताकी रोमानियाकी सिमोना हालेपलाई हराएकी थिइन्।
स्विटेककी बुबा पनि रोविङका ओलम्पियन हुन्।
उनले उपाधिका लागि अमेरिकी सोफिया केनिन र चेक गणतन्त्रकी पेट्रा केभिटोभाबीचको विजेतासग खेल्नेछिन्। यी दुईबीच खेल अहिले भइरहेको छ।