पन्जाबलाई २ सय २ रनको विजय लक्ष्य
दुबई इन्टरनेसनल रंगशालामा बिहीबार भएको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बिहीबार सनराइजर्स हैदराबादले किंग्स इलेभेन पन्जाबलाई २ सय २ रनको विजय लक्ष्य दिएको छ।
कप्तान डेविड वार्नर र जोनी बेरिस्टोको जोडीले जमेपछि हैदराबादले ठूलो स्कोर खडा गरेको हो । यी दुईले पहिलो विकेटमा १ सय ६० रनको साझेदारी गरेका थिए।
१५.१ ओभरमा कप्तान वार्नर ५२ रन बनाएर आउट भए। उनलाई रवि विष्णोइले ग्लेन म्याक्सवेलबाट क्याचआउट गराए । त्यसपछि हैदराबादको विकेट जाने क्रम सुरु भएको थियो । वार्नरले ५ चौका र एक छक्का हाने।
बेरिस्टोले शतक बनाउन ३ रनबाट टाढा रहे। उनीले ९७ रन जोडे । ५५ बल खेलेका उनले ७ चौका र ६ छक्का प्रहार गरे। त्यसपछि आएका केन विलियम्सन २० रनमा अविजित रहे भने अभिषेक शर्माले १२ रन बनाए।
पन्जाबका रवि विष्णोइले ३ र अश्रदीप सिंहले २ विकेट लिए।
अहिले पन्जाबले ब्याटिङ गरिरहेको छ।
र, याे पनि
वाटसन र फाफ डु जमेपछि धाेनीकाे चेन्नईले रच्याे कीर्तिमान
मुम्बईले हरायो हैदराबादलाई, उक्लियो शीर्षमा
काेहलीकाे हार, राहुलकाे कीर्तिमानी शतक अनि प्रीति जिन्टाकाे खुसी
दिल्ली फेरि शीर्षस्थानमा, कप्तानकाे तुफानी ब्याटिङ
चम्किए विराट काेहली, बेंग्लोरको तेस्रो जित
प्रीति जिन्टाकाे पन्जाबलाई सुपर ओभरमा झट्का, दिल्लीकाे सान