पन्जाबलाई हैदराबादले दियाे थप धक्का

पन्जाबलाई हैदराबादले दियाे थप धक्का

दुबई- इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइज हैदराबादले बिहीबार किंग्स इलेभेन पन्जाबलाई ६९ रनले हरायो। यो नतिजापछि यी दुई टिमले फरक दिशा लिएका छन् । हैदरावादको यो तेस्रो जित रह्यो र लिग तालिकाको तेस्रो स्थानमा उक्लियो ।

पञ्जाव भने एकै जितमा मात्र सीमित रहेको छ। आफ्नौ छैटौं खेलपछि दुई अंकमा पुछारमा यथावत् रहेको छ। कुल आठ टिमसम्मिलित प्रतियोगितामा लगातार खराब प्रदर्शनपछि पन्जाबको सम्भावना कमजोर हुन थालेको छ।

जितका लागि २ सय २ रन पछ्याएको पन्जाबले १६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो। उसका लागि निकोलस पूरनले मात्र सुदृढ खेले। उनले ७७ रन बनाए । उनी रसिद खानको बलमा आउट भए। उनले तीन विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णयलाई सही सावित गर्दै सनराइजले २० ओभरमा छ विकेट गुमाएर २ सय १ रन बनाएको थियो। उसका लागि प्रारम्भिक ब्याटिङ जोडी जोनी बिरिस्टो र कप्तान डेविड वार्नरले १ सय ६० रनको साझेदारी गरे।

बिरिस्टो ९७ रन बनाएर आउट भए भने वार्नरले ५२ रनको साझेदारी गरे। यी दुई ब्याट्म्यानबीच इपीएलमा यो पाँचौं शतकीय साझेदारी हो। वार्नर यससँगै ११ शतकीय साझेदारी गरिसकेका छन्। उनको अन्य छ शतकीय साझेदारी शिखर धवनसँग रहेको छ।


Leave a Reply

Your email address will not be published.