रुपन्देहीका आधा सक्रिय संक्रमित बुटवलमा

रुपन्देहीका आधा सक्रिय संक्रमित बुटवलमा

बुटवलमा कोरोना संक्रमण दिनहुँ थपिन थालेका छन्। अहिले बुटवल उपमहानगरभित्र १ हजार ३ सय ८३ जना संक्रमित पुगेका छन्। तीमध्ये सक्रिय संक्रमितको संख्या ५ सय ८३ जना पुगेको छ।
 
यो रुपन्देहीमा रहेको कुल सक्रिय संक्रमितको ५० प्रतिशत भन्दा बढी संख्या हो। रुपन्देहीमा अहिले ९ सय १५ जना कोरोनाका सक्रिय संक्रमित छन्।
 
बुटवलमा रहेका १९ वटा वडामध्ये वडा नंं १८ बाहेकका सबै वडाहरुमा संक्रिय संक्रमित रहेका छन्। सबैभन्दा बढी वडा नं. ११ मा रहेका छन्। उक्त वडामा २९१ ज्ना संक्रमित भएकोमा ११३ जना संक्रिय संक्रमित छन्।
 
बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उपमहानरमा ८ सय जना निको भइसकेका छन्।
 
रुपन्देहीमा संक्रमितको संख्या ३२९८ पुगेको छ। जसमध्ये ९१५ जना सक्रिय संक्रमित हुन्। पछिल्लो पटक संक्रमण पुष्टि हुनेमध्ये ८० जना पुरुष र ४८ जना महिला रहेका छन्। सबैभन्दा बढी बुटवलमा ७७, तिलोत्तमामा २३, सिद्धार्थनगरमा ६, देवदहमा ५, सियारीमा ७, सैनामैनामा ५, सुद्धोधनमा १, मायादेवीमा १, कोटहीमाईमा २, लुम्बिनीमा १ जनामा संक्रमण पुष्टि भएको छ।
 
रुपन्देहीमा बिहीबारसम्म २३५३ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published.