बोक्सी भन्दै महिला कुट्ने एकजना पक्राउ 

बोक्सी भन्दै महिला कुट्ने एकजना पक्राउ 

जनकपुरधाम बोक्सीको आरोप लगाउँदै महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले सिरहाबाट एकजनालाई पक्राउ गरेको छ। 

प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–५ बस्ने सन्तोष यादवलाई पक्राउ गरेको हो। 

सन्तोषलाई नेपाल भारत सीमा क्षेत्र नजिक सिरहाको ठाडीबाट प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाईंले जानकारी दिएका छन्।

स्थानीय मुर्तीदेवी यादवलाई बोक्सीको आरोप लगाउँदै सन्तोषसहित कृष्ण यादव, धर्मनाथ यादवलगायतका ८ जना मानिसहरुले भाद्र २७ गते मरन्नासन हुनेगरी कुटपिट गरेको प्रहरीले जनाएको छ। 

उनीहरुले मुर्तीदेवीलाई राति ११ बजेको समयमा घरबाट निकालेर धर्मनाथको घरमा लगेर सामूहिक रुपमा कुटपिट गरेको बुझिएको छ। 

कुटपिटपाट उनको दुईवटा दाँतसमेत भाँचिएको थियो। पीडित मुर्तिदेवीले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी अनुसार आरोपी म्ध्ये एकजना पक्राउ परेको एसपी प्रसाईंले जानकारी दिए। घटनाका अन्य आरोपीहरुको खोजी भइरहेको उनले बताएका छन्।


Leave a Reply

Your email address will not be published.