गुण्डा नाइके ‘राधे’ पक्राउ
धादिङ जिल्ला प्रहरीले गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’लाई पक्राउ गरेको छ।
सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा उनी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी लोकनाथ तिम्सिनाले भण्डारी पक्राउ परेको पुष्टि गरे। राधे ठेक्का सकिँदा पनि अवैध रुपमा बालुवा निकाल्दै आएका थिए।
स्थानीय जनप्रतिनिधिले रोक्न खोज्दा उनले उल्टै धम्की दिएका थिए। राधे नेपाली कांग्रेस निकट तरुण दलका जिल्ला उपाध्यक्ष पनि हुन्।