परराष्ट्र सचिवमा भरतराज पाैड्याल        

परराष्ट्र सचिवमा भरतराज पाैड्याल        

सरकारले परराष्ट्र मन्त्रालयकाे सचिवमा भरतराज पौड्याललाई नियुक्त गरेकाे छ बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले सहसचिव पाैड्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेकाे हाे।

पाैड्याल परराष्ट्र मन्त्रालयकाे प्रवक्ता पनि थिए। तत्कालीन परराष्ट्र सचिव शंकरदास वैरागी मुख्यसचिवमा नियुक्त भएपछि परराष्ट्र मन्त्रालय सचिव विहीन थियाे।

पाैड्याल पाकिस्तानका लागि पूर्वनेपाली राजदूत पनि हुन्। पौड्यालसँगै सचिवको दौडमा सहसचिव सेवा लम्साल र अमृत राई थिए।

लम्साल हालै पाकिस्तानमा राजदूतको कार्यकाल सकेर स्वदेश फर्केकी हुन् भने राई न्युयोर्कमा राष्ट्रसंघका लागि नेपाली राजदूतका रुपमा कार्यरत छन् ।
 


Leave a Reply

Your email address will not be published.