सुनसरीका दुई संक्रमितको धरानमा मृत्यु

सुनसरीका दुई संक्रमितको धरानमा मृत्यु

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहान सुनसरीका दुुइ कोरोना संक्रमितको मुत्यु भएको छ। 

प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृत्यु हुनेमा दुहवी नगरपालिका ५२ वर्षीय पुरुष र इटहरी उपमहानगरपालिकाका ६८ वर्षीय पुरुष रहेका छन्। 

इटहरीका पुरुषको प्रतिष्ठानमा मृत्यु भएको हो। उनलाई असोज २० गते  संक्रमण पुष्टि भइ हिजो मात्रै प्रतिष्ठान भर्ना अस्पताल भर्ना गरिएको थियो। 

दुहवीका संक्रमितको भने बिहान २ बजे मृत्यु भएको हो। डाक्टर श्रेष्ठका अनुसार उनलाई मृगौलाको गम्भिर प्रकृतीको समस्या रहेको थियो। 

असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई सोही दिन प्रतिष्ठान ल्याइएको थियो। 

मृतकको शव व्यवस्थापनको काम भइरहेको श्रेष्ठले जानकारी दिए। 
 


Leave a Reply

Your email address will not be published.