नेपाल-भारत हवाइ सेवाबारे मन्त्री भट्टराई र राजदूत क्वात्राबीच छलफल 

नेपाल-भारत हवाइ सेवाबारे मन्त्री भट्टराई र राजदूत क्वात्राबीच छलफल 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच नेपाल–भारत हवाइ सेवा पुन: सुरु गर्ने विषयमा छलफल भएको छ। 

सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा शुक्रबार बिहान भएको भेटमा कोरोनाका कारण अवरुद्ध दुई देशबीचको हवाइ सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको हो। 

छलफलमा मन्त्री भट्टराई र रजादूत चाँडै दुई देशबीच हवाइ सेवा सुरु गर्ने निष्कर्षमा पुगेको बताइएको छ। 

राजदूत क्वात्रासँग दुई देशबीचसँग सम्बन्धित विभिन्न विषयका साथै भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट उडान प्रवेश गर्न दिने विषयमा छलफल भएको मन्त्री भट्टराईले जनाएका छन्। 

यसका दुई जनाबीच संस्कृतिका क्षेत्रमा पशुपति, लुम्बिनी र जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नबारे छलफल भएको थियो। 

छलफलमा रामायण सर्किटको अवधारणालाई चाँडै कार्यान्वयनमा ल्याउन भट्टराई र क्वात्राले प्रतिवद्धता जनाएका छन्। राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सँधै सकारात्मक रहेको बताएका थिए।


Leave a Reply

Your email address will not be published.