वार्ता गर्नेले कति खाए होलान्, तर केसीले…!

 वार्ता गर्नेले कति खाए होलान्, तर केसीले…!

कहिले दायाँ, कहिले बायाँ अनि कहिले उत्तानो।

असह्य पीडा छ। 

र, त उनी यसरी कोल्टे फेरिरहन्छन्।

बुढो शरीर कति नै पो बलियो होला र?

२६ दिन भइसक्यो मुख नखोलेको।

उही बेडमै थलिएका छन्, भोकै प्यासै।

ज्यान सुक्दै गइरहेको छ।

ब्लड प्रेसर घट्दै गइरहेको छ।

बुढो शरीरका नसा हराउन थालेका छन्।

सरकारलाई वास्ता छैन।

२५ दिनपछि वार्ताका लागि समिति गठन भयो।

वार्ता गर्ने भनेर बसेपछि कुनै सहमति हुन सकेन।

आज बस्ने भनेको बैठकसमेत बस्न सकेको छैन।

वार्ता समितिमा भएकाले कतिपटक खाए होलान्।

बिलासी बिस्तरामा सुते होलान्। 

वार्ता गर्दा पनि आरामदायी सोफामा बसे होलान्। 

एकै दिन तीन–चारपटक खाना, खाजा।

चिया, चुरोट, कफी त कति होला कति।

तर केसी २६ दिन भयो बेडमा थलिएकोंंं।

किन खाएनन्, कसैलाई मतलब छैन।

उनको बेचैनी, छटपटी र पीडाले उनलाई कोल्टे फेरिरहन बाध्य बनाउँछा।

त्यसैले त उनी  उतानो–घोप्टो पर्न बाध्य छन्।

उनको शरीर गल्दै, मन जल्दै गरेको छ।

तर, सपना र आसा जीवितै छन्।

सपनाले उनलाई शक्ति दिइरहेको हुँदो हो।

एक महिना बेडमा पल्टिँदा बुढो हड्डी दुख्दो हो।

शारीरिक कमजोरीले थिच्दो हो।

कमलो बिस्तरा माग्दो हो। ज्यानले ठडिन तन्किन खोज्दो हो।

तै पनि लडेकै छन्। 

सत्यका लागि, जनस्वास्थ्यका लागि।

र, त उनी जति गले जति थलिए जति निचोरिए पनि लडेकै छन्।

कोल्टे फेर्छन् लामो सास लिन्छन्।

भित्तातिर फर्किन्छन्।

सपना र आसा मारेका छैनन्। मर्न दिएका छैनन्।

उनको यो हठ न आफ्ना खातिर हो न परिवारका लागि।

तर, उनी आफ्नो ज्यानको पर्वाह नगरी मडारिइरहेका छन्।

एउटा बन्द  कोठाभित्र, गरिखानेका लागि।

एउटा जिम्मेवार डाक्टर। त्यो पनि पेन्सन सुविधा आउने।

यो रहर त पक्कै होइन उनको।

यसरी थलिनु, फकिर हुनु। यसरी ज्यानलाई दुःख दिनु।

तर उनको त्याग, तपस्या न सरकार बुझ्छ, न जनता। 


Leave a Reply

Your email address will not be published.