अशोक लेल्यान्ड र माछापुच्छ्रे बैंकबीच यस्तो सम्झौता
आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेल्यान्ड र माछापुच्छ्रे बैंकबीच सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको छ।
यस सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले माछापुच्छ्रे बैंकबाट योग्य व्यक्ति तथा संस्थालाई परिपत्र तथा सहुलियतपूर्ण कर्जा लगानी गरिनेछ।
यसै अनुरुप बैंकको नीति अनुसार ग्राहकलाई भारतीय कम्पनी अशोक लेल्यान्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रीवितरण गरिएका दोस्त मोडलका सवारीसाधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० प्रतिशत सम्मको सहुलियत कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ।
यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्ष सम्मका लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ। यो सुविधा अशोक लेल्यान्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रीवितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गरिने जानकारी दिइएको छ