अविनाशको ‘ओई काली’ दोहोरी गीत सार्वजनिक (भिडियो) 

अविनाशको ‘ओई काली’ दोहोरी गीत सार्वजनिक (भिडियो) 

गायक तथा संगीतकार अविनाश थापा मगरले आफ्नो सांगीतिक जीवनमा पहिलो दोहोरी गीत सार्वजनिक गरेका छन्। गीतलाई थापाले आफ्नै युट्युब च्यानलमा शुक्रबार सार्वजनिक गरेका हुन्। 

माया प्रेममा आधारित गीतमा थापा स्वयं र गायिका मेलिना राईको स्वर छ। गीतको लेखन पनि थापा आफैँले गरेका हुन्। 
गीतको म्युजिक एरेन्ज पवन वांगले गरेका छन् भने अडियो मिक्सिङ डिका गुरुङले गरेका हुन्। 

त्यस्तै गीतको भिडियोमा करिश्मा ढकाल र सन्तोष थापा मगरको अभिनय छ भने कोरियोग्राफी र निर्देशन प्रकाश भट्टले गरेका हुन्। 

सुरेश श्रेष्ठको सिनेम्याटोग्राफी र विष्णु शर्माको सम्पादन रहेको म्युजिक भिडियोको पोष्ट प्रडक्सन साई भिजन प्रालिले गरेको हो।

 


Leave a Reply

Your email address will not be published.

थप समाचार