दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन घोषणा

दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन घोषणा

बैतडीको सदरमुकाम पर्ने दशरथचन्द नगरपालिकाले शनिबारदेखि १० दिनसम्मका लागि नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ। 

नगरपालिकाका विभिन्न क्षत्रमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आगामी १० दिनसम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको वडा नमबर–१ का अध्यक्ष भुवनराज भट्टले बताए। 

उनका अनुसार शुक्रबार बसेको नगरपालिकाको बैठकले शनिबारदेखि मंसिर २२ गते सम्म नगर क्षेत्रमा लकडाउन जारी गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण थप फैलन नदिन लकडाउन गर्ने निर्णय गरिएको उनले बताए। 

नगरपालिकामा लकडाउन जारी भएसँगै बैतडी सदरमुकाम क्षेत्रमा यातायात सेवा सञ्चालन बन्द गरिने, तरकारी तथा खाद्यान्नका पसल बिहान ९ बजेदेखि ११ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ। अतिआवश्यक कामका लागि भने हिडडुल गर्न पाइने वडा अध्यक्ष भट्टले बताए। 

लकडाउनको समयमा नगरका जोकोहीलाई पनि कोरानासँग मेलखाने लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा स्वाब दिएर कोरोना परीक्षण गराउन आग्रह गरिएको उनले बताए। 

लकडाउनपछि नगर क्षेत्रभित्र सञ्चालित बैंक तथा बित्तीय संस्था हप्तामा तीनदिन आइतबार, मंगलबार र बिहीबार सञ्चालन हुनेछन्।


Leave a Reply

Your email address will not be published.