एउटै चौकीका सबै प्रहरी कोरोना संक्रमित

एउटै चौकीका सबै प्रहरी कोरोना संक्रमित

बैतडीस्थित डिलाशैनि गाउँपालिकामा रहेको सिमार प्रहरी चौकीमा कार्यरत सबै प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

डिलाशैनि गाउँपालिकास्थित सिमारमा रहेको प्रहरीचौकीमा कार्यरत ९ जना प्रहरीमा संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय बैतडीले जनाएको छ। 

आजनै डडेल्धुरा अस्पातलको प्रयोगशालामा गरिएको परीक्षणमा प्रहरी चौकीको टिमनै संक्रमित भएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका कोरोना फोकल पर्सन भुवन जोशीले बताए। 

चौकीमा कार्यरत सबै प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि चौकीलाई नै आइसोलेसनको रुपमा प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। 

यस्तै कोरोना पुष्टि भएका प्रहरीहरूको स्वास्थ्य अवस्था भने समान्य रहेको उनले बताए। योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ५ सय ३३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३८ रहेको जोशीले बताए।


Leave a Reply

Your email address will not be published.