बेयरोस्टोको विस्फोटक ब्याटिङमा इंग्ल्याण्ड विजयी

बेयरोस्टोको विस्फोटक ब्याटिङमा इंग्ल्याण्ड विजयी

दक्षिण अफ्रिकाविरुद्धको तीन टिट्वान्टी सिरिजअन्तर्गतको पहिलो खेलमा इंग्ल्याण्ड विजयी भएको छ। शुक्रबार राति सम्पन्न खेलमा इंग्ल्याण्ड पाँच विकेटले विजयी भएको हो।

अफ्रिकाले दिएको १ सय ८० रनको लक्ष्य इंग्ल्याण्डले १९.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। 

इंग्ल्याण्डका लागि जोनी बेयरोस्टोले उत्कृष्ट ब्याटिङ गरे। उनले अविजित रहँदै ४८ बलमा ८६ रन जोडे। सुरुवात राम्रो गर्न नसकेको इंग्ल्याण्डले ३४ रनमा महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो। चौथो विकेटका लागि बेयरोस्टो र स्टोक्सले ८५ रनको साझेदारी गरेपछि इंग्ल्याण्डको जित सहज भएको थियो। स्टोक्सले ३७ रन बनाए। डेविड मलानले १९ रन बनाउँदा कप्तान मोर्गनले १२ रन बनाए। दक्षिण अफ्रिकाका लागि जर्ज लिन्डे र लुन्गि एनगिडीले समान दुई/दुई विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन जोडेको थियो। दक्षिण अफ्रिकाका फाफ डुम्लेसीले ५८, भान डर डुसेनले ३७ तथा क्विन्टन डि ककले ३० रन बनाए। इंग्ल्याण्डका साम कुरानले तीन विकेट लिए।

यी दुई टोली बीचको दोस्रो टिट्वान्टी खेल आइतबार हुनेछ।


Leave a Reply

Your email address will not be published.