अन्तिममा सम्हालीन नसक्दा हार्‍याे क्रिस्टल प्यालेस

अन्तिममा सम्हालीन नसक्दा हार्‍याे क्रिस्टल प्यालेस

खेलको अन्तिमका केही मिनेट सम्हालीन नसक्दा क्रिस्टल प्यालेसले नमिठो हार बेहोरेको छ। 

इंग्लिस प्रिमियर लिगअन्तर्गत न्युक्यासल युनाइटेडविरुद्धको खेलमा उसले ८८ औं र ८९ औं मिनेटमा गोल खान पुग्यो। जितपछि न्युक्यासल १६ बाट १० औं स्थानमा उक्लियको छ। उसले १० खेलबाट १४ अंक जोडेको छ।

न्युक्यासललाई जित दिलाउन ८८ औं मिनेटमा कालुम विल्सन र त्यसको एक मिनेटपछि जोइलिन्टनले गोल गरे।

पराजित क्रिस्टलको १० खेलमा १३ अंक रहेको छ। क्रिस्टल अंक तालिकाका १३ औं स्थानमा छ।

 


Leave a Reply

Your email address will not be published.