नेकपाको झगडा पद र लाभको : शाह

नेकपाको झगडा पद र लाभको : शाह

सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले केपी शर्माको नेकपा सरकार जनताको काम छाडेर आन्तरिक झगडामा फसेको बताएका छन्। 

नेकपाको झगडा सिद्धान्त र देशको राष्ट्रिय मुद्दामा नभई पद र लाभको भएको उल्लेख गर्दै उनले यसले देश बर्बादितर्फ गएको बताए। ‘नेकपाको झगडा पद र आर्थिक लोभका लागि हो’, शाहले भने, ‘औषधी खरिददेखि ठेक्कापट्टामा देखिएका घटना यसको उदाहरण हो।’

लुम्बिनीमा शनिबार आयोजना भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका शाहले नेकपाले ५ वर्ष जनताको म्यान्डेड पाएको हुँदा नेपाली कांग्रेसले सत्ता साझेदारी नचाहेको बताए।

बाटोघाटो र पूलजस्ता भौतिक विकास निर्माणमा मात्रै नभई स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा पनि लगानी बढाउन आवश्यक भएको उनले बताए। 
 


Leave a Reply

Your email address will not be published.