सामूहिक बलात्कार आरोपित ६ जना कारागार चलान

सामूहिक बलात्कार आरोपित ६ जना कारागार चलान

कैलालीमा दुई किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन्।

कात्तिक ८ गते जानकी गाउँपालिका-५ का १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका ६ जनालाई कैलाली जिल्ला अदालतको आदेशपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार कारागार चलान हुनेमा जानकी गाउँपालिका-५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरी रहेका छन्। 

सामूहिक बलात्कार आरोपमा पक्राउ परेका मध्ये कृष्ण नगरकोटी र सत्यम रावललाई भने नावालक भएका कारण बाल सुधार गृहमा राखिएको छ। घटनामा संलग्न भएको भनिएका स्थानीय मधुसुदन न्यौपाने भने फरार रहेका छन्।
 


Leave a Reply

Your email address will not be published.