उद्योग वाणिज्य महासंघकाे मतदानमा जे देखियाे… 

उद्योग वाणिज्य महासंघकाे मतदानमा जे देखियाे… 

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को मतदान जारी छ। बिहान ८ बजेदेखि मतदान सुरु भएको हो।

वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव भइरहेको हो। ६४ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ।

दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाडौंका तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ। जिल्ला नगरतर्फका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान हुँदैछ।

विधानअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन्। बाँकी पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो।

त्यसमा पनि गोल्छापछिको कार्यकालको अध्यक्षका लागि रस्साकस्सी छ। आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा चुनिने नै त्यसपछिल्लो कार्यकालमा अध्यक्ष बन्नेछन्।

वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्रप्रकाश ढकालले उम्मेदवारी दिएका छन्। उनीहरू प्यानलसहित चुनावी मैदानमा छन्।

मतदान जारी रहँदा देखिएका दृष्य (सबै तस्बिर : साैरभ/आयाेमेल)

 

 


Leave a Reply

Your email address will not be published.