कमलादीमा यसरी चल्दै छ महासंघकाे मतदान

कमलादीमा यसरी चल्दै छ महासंघकाे मतदान

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को मतदान जारी छ। बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। महासंघमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेकाे हाे। वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन्। 

महासंघको ५४ औं वार्षिक साधारणसभा तथा अधिवेशनले शेखर गोल्छाको नेतृत्वमा ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष गोल्छा शनिबारदेखि अध्यक्ष बन्दै छन्। ६४ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ।

दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाडौंका तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ। जिल्ला नगरतर्फका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान हुँदैछ।

हेराैं कमलादीमा जारी मतदानका केही दृष्यहरु (सबै तस्बिर : दिनेश गोले/आयाे मेल)


Leave a Reply

Your email address will not be published.

थप समाचार