गणतन्त्रका नेताले लुटेको राजसंस्था फर्काउन सडकमा आयौं- डा. धवल समशेर 

गणतन्त्रका नेताले लुटेको राजसंस्था फर्काउन सडकमा आयौं- डा. धवल समशेर 

नेपालगन्ज उप-महानगरपालिका प्रमुख तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. धवल समशेर राणाले राजसंस्था र हिन्दुत्वका लागि फेरि एकपटक एकीकृत आन्दोलनमा जुट्न आह्वान गरेका छन्। 

शनिबार बाँकेको नेपालगन्जमा भएको एउटा र्‌यालीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘गणतन्त्रका नेताहरूले लुटेको हाम्रो धर्म-संस्कृतीलाई फेरि फर्काउनुछ’ उनले भने ‘गणतन्त्र असफल भइसक्यो त्यसैले हामी फेरि सडकमा आएका हौं।’

उनले फेरि एकपटक देशमा राजसंस्थाको आवश्यकता भइसकेको भन्दै अब देशभरि यस्तो आन्दोलन चर्किने बताए। 

‘फेरि हामीले राजालाई ल्याएर गद्दीमा बसाउनुछ। फेरि एकपटक देशमा राजसंस्था कायम गर्नुपर्नेछ’ नेपालमा राजसंस्थाको पक्षमा नाराबाजी गर्दै गाउँगाउँबाट जुटेका प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनले भने ‘हाम्रो गुमेको शाख र संस्कृती अब फिर्ता ल्याउनेबेला भइसकेको छ।’

नेपालगन्जमा भएको यो र्‌यालीको संयोजन राप्रपानिकट युवा संगठन, शिवसेना तथा विश्व हिन्दु महासंघका युवाहरूले अगुवाई गरेका थिए। 

केही समयदेखि देशभर ‘राज आउ, देश बचाउ’ भन्ने आन्दोलन चलिरहेको छ। यसअघि बुटवल, कोहलपुर, धनगढी तथा बिराटनगरमा पनि यस्तो आन्दोलन भइसकेका छन्।

यस्ता आन्दोलनमा अधिकांश युवा जमातको सहभागिता छ। 

राप्रपाले भने यो आन्दोलनमा पार्टीको आधिकारिक उपस्थिति नरहेको तर ‘नैतिक समर्थन’ रहँदै आएको बताएको छ।

र, याे पनि

सडकबाट ‘राजा आऊ…’ भन्नेहरू को हुन्?

 


Leave a Reply

Your email address will not be published.