नेकपा बैठक सकियो – ओलीको ‘जवाफी’ प्रतिवेदनबारे १६ गते धुम्बाराहीमा छलफल हुने

नेकपा बैठक सकियो – ओलीको ‘जवाफी’ प्रतिवेदनबारे १६ गते धुम्बाराहीमा छलफल हुने

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले जवाफी प्रतिवेदन दिएका छन्। उनको प्रतिवेदनमाथि अर्को सचिवालय बैठकमा छलफल हुनेछ। अर्को बैठक मंसिर १६ गते धुम्बाराहीमा बस्ने नेकपा प्रवक्त्ता नारायणकाजी श्रेष्ठले बताए। 

ओलीले अबका बैठकहरूमा पद र शक्त्तिका बारेमा मात्रै नभइ विकास र संमृद्धिका बारेमा पनि छलफल गर्नुपर्ने बताएका थिए। 

अघिल्लो बैठकमा नेकपा अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले ओलीमाथि विभिन्न आरोपहरू लगाउँदै प्रस्ताव पेश गरेपछि त्यसको जवाफमा ओलीले अर्को प्रतिवेदन ल्याएका हुन्। 


Leave a Reply

Your email address will not be published.