उद्योग वाणिज्य महासंघ चुनाव : जिल्ला नगरतर्फ सतप्रतिशत मतदान 

उद्योग वाणिज्य महासंघ चुनाव : जिल्ला नगरतर्फ सतप्रतिशत मतदान 

नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसिआई) को निर्वाचन अन्तर्गत जिल्ला नगरतर्फको मतदान सम्पन्न भएको छ। 

महासंघमा देशभरका १ सय ५ वटा जिल्ला/नगर उद्योग वाणिज्य संघ सदस्य रहेकामा सतप्रतिशत मत खसेको हो। 

महासंघको निर्वाचनमा जिल्ला नगरतर्फको मतभार ५० प्रतिशत हुन्छ। 

महासंघमा वरिष्ठ उपाध्यक्षसहित पदाधिकारिका शनिबार बिहानबाट मतदान भइरहेकाे छ। महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल चुनावी मैदानमा छन्। 

यसैगरी, जिल्ला नगरतर्फका एकजना उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ। महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बिधान अनुसार स्वत: अध्यक्ष बन्दैछन्।


Leave a Reply

Your email address will not be published.

थप समाचार