चिनियाँ रक्षामन्त्री  वेई फेङ्ही आज नेपाल आउँदै

चिनियाँ रक्षामन्त्री  वेई फेङ्ही आज नेपाल आउँदै

चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो आज नेपाल आउँदै छन् । नेपालको एकदिने भ्रमणका लागि उनी आज काठमाडौं आउन लागेका हुन्।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

यस्तै चिनियाँ रक्षामन्त्रीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  उनी आज साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ।


Leave a Reply

Your email address will not be published.

थप समाचार