ट्राफिक प्रहरी परिसरमा ग्लोबल बैंकको एक्सटेन्सन काउण्टर 

ट्राफिक प्रहरी परिसरमा ग्लोबल बैंकको एक्सटेन्सन काउण्टर 

ग्लोबल आइएमई बैंक लिमिटेडले कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी प्रभुप्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जीवनकुमार श्रेष्ठले संयुक्त रूपमा बैंकको एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन्।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्येनजर गर्दै कास्की जिल्ला, पोखरा महानगरपालिका-९, नयाँबजार स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो।

बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सेवा लिने सेवाग्राही लगायत अन्य ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो।


Leave a Reply

Your email address will not be published.