६ सयले घट्यो सुनको भाउ, चाँदी पनि ओरालो

६ सयले घट्यो सुनको भाउ, चाँदी पनि ओरालो

नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदीको भाउ तोलामा क्रमशः ६ सय र १५ रुपैयाँले घटेको हो।

गत शुक्रबार ९१ हजार ३ सयमा किनबेच भएको छापावाल सुनको भाउ आइतबार ९० हजार ७ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, गत शुक्रबार तेजावी सुन ९० हजार ८ सयमा कारोबार भएकामा आइतबार ९० हजार २ सयमा झरेको छ।

महासंघका अनुसार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार १ सय ५० रुपैयाँमा कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ तोलाको १ हजार १ सय ६५ रुपैयाँ थियो।

 


Leave a Reply

Your email address will not be published.