बैठकको सुरुवात भयो अब पार्टीका समस्या समाधान हुन्छन् – गौतम 

बैठकको सुरुवात भयो अब पार्टीका समस्या समाधान हुन्छन् – गौतम 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र देखिएको समाधान हुनसक्ने बताएका छन्। 

बैठक नबस्दा समस्याहरू बल्झिँदै गएकोले बाहिर छरिएका विचारहरू पार्टीमा भित्रिएको भन्दै उनले समस्याहरू समाधान हुनसक्ने बताएका हुन्। 

‘अहिलेसम्म जे जति समस्या आए बैठक बस्न नसकेर आएका हुन्,’ शनिबार सचिवालय बैठकमा उपाध्यक्ष गौतमले राखेको भनाइ उदृत गर्दै उनका प्रेस संयोजक विश्वमणी सुवेदीले भनेका छन्, ‘बैठक बस्ने व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो, पार्टी भित्र बैठकको सुरुवात भएको छ, चाहेमा अब हामी समस्या समाधान गर्न सक्छौँ,’ गौतमले भनेका छन्। 

दुई अध्यक्षले पेश गरेका प्रस्तावभन्दा बैठकमाथि जोड दिँदै उपाध्यक्ष गौतमले ‘पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफल हुन्छ, यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ’ बताएका थिए। दुई अध्यक्षको सहमतिमा बैठक बस्नुपर्ने पार्टी विधानमा भनिएपनि बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले नपाउने उनले बताएका छन्। 

‘पार्टी विधानमा आवश्यक्ता बमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरूका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठब बस्न माग गरेकामा पनि महासचिवले अध्यक्षसँग परामर्श गरेर बैठक बोलाउनुपर्छ,’ सचिवालय बैठकमा गौतमले भने, ‘यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्‌याउन नसक्नेलाई के भन्नु?’ बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुने उनले बताएका छन्।


Leave a Reply

Your email address will not be published.