विपद प्रतिकार कार्ययोजना बनाउँदै नरैनापुर

विपद प्रतिकार कार्ययोजना बनाउँदै नरैनापुर

बाँकेको अति पिछडिएको र दुर्गम गाउँकार्यपालिकाको रुपमा रहेको नरैनापुर गाउँपालिकाको विपद व्यवस्थापन शाखाले पूर्व तयारीका लागि बिभिन्न निर्णय गरेको छ। बिगतका अनुभवबाट सिक्दै विपद व्यवस्थापन शाखाले बिपदका बेला सक्षमरुपले सामना गर्न र क्षति न्युनीकरणका लागि तयारी थालेको हो। 

गाँउपालिका अध्यक्ष ईश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको बैठकले जुनसुकै बिपद वा महामारीमा अकालमै ज्यान गुमाउने मृतकका परिवारलाई २५ हजार सहयोग गर्ने निर्णय समेत गरेको छ। यसै गरि कोरोना कहरका बेला नागरिकलाई शुरक्षित राख्नका लागि स्थानीय विपद व्यवस्थापन समितिले पूर्व तयारी प्रतिकार्य योजना निर्माण गरेर अगाडि बढ्ने विपद व्यवस्थापन शाखा संयोजक लक्ष्मीकान्त मिश्राले बताए।

समितिको पहिलो बैठकले पूर्व तयारी प्रतिकार्य योजना पुस्तिका निर्माण गर्ने, सामुदायिक बन उपभोक्ता समुहहरूको बीच छलफल तथा अन्तरक्रिया पहाडे खोला, नाला नजिक वृक्षारोपण तथा डढेलो नियन्त्रणका लागि अग्नी रेखा निर्माण गराउने, शितलहरमा गाउँभित्र तथा चोक-चोकमा दाउरा व्यवस्थापन गर्नेसमेत निर्णय गरेको जनाएको छ।

यस्तैगरि शितलहरमा जेष्ठ नागरिक, एकल महिला, असहाय, अपांगलाई न्यानो कम्बल वितरण गर्न योजना बनाउने, कोरोना महामारी नियन्त्रणमा खटिका व्यक्तिहरूलाई सम्मान गर्ने, वडा स्तरिय विपद ब्यवस्थापन समिति गठन, विपद प्रतिकार पूर्व तयारीका सामग्री खरिद, विपद प्रतिकारका लागि सचेतना कार्यक्रम सञ्चालन,विद्यालयमा विपद सम्बन्धि सचेतना तथा विपदको शाखातर्फबाट स्वास्थ्य सामाग्रि खरिद गर्नेलगायत निर्णय गरिएको शाखाका संयोजक मिश्राले बताए। आकस्मिक रुपमा आई पर्ने बिपदसँग सामना गर्न गाउँपालिकाले १ करोड बजेटसमेत छुट्याएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीले बताए।


Leave a Reply

Your email address will not be published.