सहकारीको प्रदेश महासंघ गठन

सहकारीको प्रदेश महासंघ गठन

राजधानी बिराटनगरमा  सहकारीकर्मीहरूको  प्रदेश १ स्तरीय प्रथम भेला सम्पन्न भएको छ।

भेलाले सहकारी महासंघको प्रदेश १ को तदर्थ समिति गठन गरेको छ। गठन गरिएको १३ सदस्यीय समितिको अध्यक्षमा डिल्ली पोखरेल चयन भएका छन्। उपाध्यक्षमा खगेन्द्र सुवेदी चयन भएका छन् भने महिला उपाध्यक्षको जिम्मेवारी बिष्णुमाया दाहालले पाएकी छन्।

भवानीप्रसाद दङ्गाल सचिव चयन भएका छन् भने छत्रप्रसाद रिमालले सहसचिवको जिम्मेवारी पाएका छन्।

सदस्यमा प्रेमकुमार कोइराला, इन्द्रनारायण ढुङ्गाना, भरत ताम्राकार, शारदा थापामगर, फौद सुवेदी, डुफ बाँस्तोलाले, कुशलचन्द्र विश्वास र नारदबहादुर कटुवाल छनौट भएका छन्। 

सचिव दङ्गाल र सदस्य कोइरालाले झापाबाट प्रदेश महासंघमा प्रतिनिधित्व गरेका हुन्। उनीहरू जिल्ला सहकारी संघ झापाको नेतृत्वमा पनि छन्। दङ्गाल जिल्ला संघको सहसचिव र कोइराला सञ्चालक सदस्य हुन्।


Leave a Reply

Your email address will not be published.