सुन दिएर बलात्कारको घटना लुकाउन खोज्ने वडाध्यक्ष पक्राउ

सुन दिएर बलात्कारको घटना लुकाउन खोज्ने वडाध्यक्ष पक्राउ

सुन दिने आस्वासन दिखाइ बलात्कारको घटना मिलाउन खोज्ने बैतडीको एक गाउँपालिकाका वडाध्यक्ष र अन्य पाँचजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सिगास गाउँपालिका-३ की १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सोही गाउँपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष शेरसिंह साउँदसहित पाँचजना पक्राउ परेका हुन्। 

गत जेठ १८ गते गाउँमै बलात्कार हुँदा बिशोरीका आफन्तलाई १ तोला सुन दिने गरी कागज बनाएपछि घटना बाहिर आउन ढिलो भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। 

उनका अनुसार पक्राउपरेका वडा अध्यक्षसहित अन्य पाँचजना नै बलात्कृत भएकी किशोरीका नातेदार हुन्। पक्राउ पर्नेमा वडाध्यक्ष शेरसिंह साउँद सहित वडा नम्बर ३ कै राजेन्द्र धामी, नरेन्द्र धामी, गोपाल धामीला, मनोज सिंह धामी र अमर धामी रहेका छन्। 

प्रहरी प्रमुख अधिकारीका अनुसार बलात्कारको आरोपलागेका दीपकसिंह धामी भने फरार रहेका र उनको खोजी भएरहेको छ। 

जेठमै बलात्कार भएको भए पनि असार १४ गते गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो। तमसुकमा पीडित पक्षलाई कार्तिक मसान्तभित्र १ तोला सुन दिने सहमति रहेको भए पनि आफन्तले सुन नपाएका कारण घटना बाहिर आएको हुन सक्ने प्रहरी प्रमुख अधिकारीले बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।


Leave a Reply

Your email address will not be published.