पुँजीबजारमा फेरि नयाँ रेकर्ड, ९ अर्ब २२ करोडको कारोबार

पुँजीबजारमा फेरि नयाँ रेकर्ड, ९ अर्ब २२ करोडको कारोबार

नेपाली पुँजीबजारले गत बिहीबारको रेकर्ड तोडेको छ।

बिहीबार यसअघिको १ हजार ८ सय ८१ अंक उचाइको रेकर्ड ब्रेक गरेकामा आइतबार नेप्से सूचक ७५.०२ अंकले बढेर १ हजार ९ सय ६८.२७ विन्दुमा पुगेको हो।

आइतबार २ सय कम्पनीका २ करोड ५९ लाख ४५ हजार कित्ता सेयर कारोबार भए। जसमा ९ अर्ब २२ करोड रुपैयाँको कारोबार भयो। 

आइतबार १२ मध्ये ८ समूहको सूचक बढ्दा बाँकीको घटेको छ।

आइतबार विकास बैंक र  बैंकिङ उपसमूहको परिसूचक  क्रमशः ८.११ र ७.८१ प्रतिशत बढेको छ। 
यसैगरी, जीवन बीमा उपसमूहको परिसूचक २.२४, जलविद्युतको १.८, वित्त समूहकाे १.३७, लघुवित्त समूहकाे ०.९७, म्यूचअल फन्ड समूह ०.४१ र अन्य समूह ०.०२ प्रतिशतले बढेको छ

कारोबारमा आएको व्यापार, होटल, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक घटेका छन्।


Leave a Reply

Your email address will not be published.

थप समाचार