‘सरकारलाई बदनाम गराउन ट्रान्सपरेन्सीको प्रतिवेदन’, नेपालको असहमति

‘सरकारलाई बदनाम गराउन ट्रान्सपरेन्सीको प्रतिवेदन’, नेपालको असहमति

नेपालले ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको प्रतिवेदनमाथि असहमति जनाउँदै अस्वीकारकाे घाेषणा गरेको छ।

सरकारका प्रवक्ता पार्वत गुरुङले आइतबार सरकारको तर्फबाट विज्ञप्ति जारी गरी ट्रान्सपरेन्सीको प्रतिवेदन सरकार र सत्ताधारी दललाई बदनाम गर्नतर्फ प्रेरित भएको दाबी गरे।

यो प्रतिवेदन तयार गर्न संलग्नको दलीय आवद्धताले निष्पक्षतामा प्रश्न गर्दै उनले साघुरो घेरामा १ हजार व्यक्तिसँग लिएको देशको छविलाई घुमिल्याएको बताए।

ट्रान्सपरेन्सीको हालै सार्वजनिक प्रतिवेदनले नेपाल एसियामा भ्रष्टाचारयुक्त मुलुकको पहिलो नम्बरमा देखाइएको थियो।

पत्रकारको प्रश्नको जवाफमा मन्त्री गुरुङले ट्रान्सपरेन्सीको सन् २०१८ को प्रतिवेदनमा नेपाल १ सय २४ मा र २०१९ मा ११३ मा रहेकामा २०२० मा नेपाल कसरी एसियाकै पहिलो नम्बरमा पुग्यो? भनेर प्रश्न गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई प्रसय दिएको तथ्य र आधार के हो? भनेर उनले प्रश्न गरे।

मन्त्री गुरुङले यो ट्रान्सपरेन्सीको प्रतिवेदन विवादित रहेका बताए। सरकारको कदमका विरुद्धमा लागेकासँगै टेलिफोनमा सर्वेक्षण लिइएको उनले दाबी गरे।

‘सरकारका विरुद्ध मिसिनका रुपमा प्रतिवेदन तयार गरेकाले यो प्रतिवेदन आएको हो। सरकार विरोधी अभियान तीव्र रुपमा चलिरहेको (जुन-जुलाई) मा प्रतिवेदन तयार गरिएको हो,’ उनले दाबी छ।


Leave a Reply

Your email address will not be published.