आन्दोलनका घाइतेहरुलाई सरकारले निःशुल्क उपचार गर्ने

आन्दोलनका घाइतेहरुलाई सरकारले निःशुल्क उपचार गर्ने

विभिन्न आन्दोलनका क्रममा घाइते भएहकाहरुलाई सरकारले निःशुल्क उपचार गर्ने भएको छ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले यस्तो जानकारी दिएका हुन्।

ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र तराई–मधेशमा भएका आन्दोलनमा घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको गुरुङले बताएका छन्।

‘यी आन्दोलनमा घाइते भएका, शरीरमा गोली छर्रा बोकेका कतिपय मानिसहरुको अझै उपचार हुनसकेको छैन,’ उनले भने,‘त्यस्ता व्यक्तिहरुको पहिचान गरी सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।’

ती व्यक्तिहरुको पहिचान गर्न सार्वजनिक सूचना जारी गरेर सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय भएको उनले बताएका छन्।


Leave a Reply

Your email address will not be published.