ट्यांकरबाट पेट्रोल चोरी प्रकरणः दुई चालक पक्राउ

ट्यांकरबाट पेट्रोल चोरी प्रकरणः दुई चालक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)  ले ट्यांकरमा फल्स चेम्बर (नयाँ सानो ट्यांकी) बनाएर पेट्रोल चोरी गरेको आरोपमा दुईजना ट्यांकर चालकलाई पक्राउ गरेको छ

सिआइबीले जितपुर सिमराका अजय लामा र विकेश लामालाई काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेको हो।

वीरबेताल आशीर्वाद ढुवानी सेवाका ट्यांकर नम्बर ना ७ ख ३६९६ र ना ७ ख २९९५ मा फल्स चेम्बर बनाएर पेट्रोल चोरी गरेको पाइएपछि नेपाल आयल निगमको अनुरोधमा सिआइबीले अनुसन्धान थालेको थियो।  

सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

इन्डियन आयल कर्पोरेसनको बरौनी रिफाइनरीबाट आयल निगम बागमती प्रादेशिक कार्यालय थानकोटका लागि मंसिर ३ गते पेट्रोल आयात गरेर ल्याएका ट्यांकरबाट पेट्रोल चोरी गरेको पाइएको थियो। 

ट्यांकरको चेम्बर नम्बर ३ र ४ को बीचको भागमा स्वीकृत मापदण्ड बाहेक फल्स चेम्बर बनाई चोरी गरेको अनुसन्धानबाट खुलेको थियो।

वीरबेतालका सञ्चालक प्रज्वलराज भट्ट, दीपेन्द्रबहादुर बम र सदेन व्यञ्जनकार हुन्। वीरबेताललाई १५ लाख रुपैयाँसम्म जरिवाना तिराउने निर्णय निगमले गरिसकेको छ।

गुणस्तर तथा नापतौल विभागले स्ट्यान्डर्ड नापतौल ऐन २०२५ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइसकेको छ। उक्त ऐन अनुसार त्रृटिपूर्ण, कैफियत देखिए ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था छ। 

सम्बन्धित समाचार : 

ट्यांकरबाटै तेल चोर्ने ‘नयाँ जुक्ति’, १५ लाख जरिवाना असुल्ने तयारी

 

ट्यांकरबाट पेट्रोल चोरी प्रकरण : सिआइबीले थाल्यो अनुसन्धान


Leave a Reply

Your email address will not be published.