दक्षिण अफ्रिकाविरुद्धको टिट्वान्टी श्रृङ्खला इंग्ल्याण्डलाई

दक्षिण अफ्रिकाविरुद्धको टिट्वान्टी श्रृङ्खला इंग्ल्याण्डलाई

दक्षिण अफ्रिकाविरुद्धको टिट्वान्टी श्रृङ्खला इंग्ल्याण्डले जितेको छ। 

आइतबार सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई चार विकेटले पराजित गर्दै इंग्ल्याण्डले श्रृङ्खला आफ्नो पक्षमा पारेको हो। 

अफ्रिकाले दिएको १ सय ४७ रनको लक्ष्य इंग्ल्याण्डले ६ विकेट गुमाउँदै १९.५ ओभरमा पूरा गरेको थियो। इंग्ल्याण्डका डेविड मलानले सर्वाधिक ५५ रन बनाउँदा कप्तान इओन मोर्गनले अविजित २६, बटलरले २२ र स्टोक्सले १६ रन बनाए। दक्षिण अफ्रिकाका तबरेइज साम्सीले तीन तथा लुन्गी एनगिडीले दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो। उसका लागि कप्तान क्विन्टन डिककले सर्वाधिक ३० रन बनाउँदा जर्ज लिन्डेले २९, भेन डर डुसेनले अविजित २५ र रेजा ह्यान्ड्रिक्सले १६ रन बनाए। दक्षिण अफ्रिकालाई मध्यम स्कोरमा रोक्ने क्रममा इंग्ल्याण्डका अदिल रसिदले दुई तथा क्रिस जोर्डन, टम कुरान र जोफ्रा आर्चरले समान एक एक विकेट लिए।

यसअघिको पहिलो खेलमा इंग्ल्याण्ड पाँच विकेटले विजयी भएको थियो। 

यी दुई टोली बीचको अन्तिम टिट्वान्टी खेल मंगलबार हुनेछ। 
 


Leave a Reply

Your email address will not be published.