‘अनेसास शिखर पुरस्कार-२०७७’ विनोद खड्कालाई

‘अनेसास शिखर पुरस्कार-२०७७’ विनोद खड्कालाई

यस वर्षको ‘अनेसास शिखर पुरस्कार-२०७७’ साहित्यकार विनोद खड्कालाई प्रदान गरिएको छ।

तीन दशकदेखि निरन्तर लेखनमा सक्रिय रहेका खड्का सन् २००५ मा कतार प्रवेश गरेका थिए। त्यसपछि उनले त्यहाँका प्रवासीहरुका विषयबस्तुलाई केन्द्रमा राखि आफ्ना लेख रचनाहरु सिर्जना गर्दै आएका छन्। यसैकारण उनलाई यसवर्षको अनेसास शिखर पुरस्कार प्रदान गरिने लागेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार शाखाले जनाएको छ।

कतारमा रहेका नेपाली श्रमिकको पहिचान, भाषा, साहित्य, कला संस्कृति, गीतसंगीत र सामाजिक क्रियाकलापको क्षेत्रमा कलम चलाएका स्वर्गीय साहित्यकार शिखर वैद्यको सम्झनामा यो पुरस्कार प्रदान गरिन्छ। 

अनेसास कतार च्याप्टरले प्रवासमा रहेर नेपाली भाषा, संस्कृति, कला, साहित्य, गीतसंगीतमा योगदान पु¥याउने एकजनालाई हरेक वर्ष साहित्यकार स्वर्गीय वैद्यको जन्मजयन्तिको अवसर पारेर पुरस्कार दिने गर्छ।
 


Leave a Reply

Your email address will not be published.