क्रिकेटर लामिछाने अस्पताल भर्ना

क्रिकेटर लामिछाने अस्पताल भर्ना

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन्।

कोरोना संक्रमण देखिएका सन्दीपमा स्वासप्रस्वासको समस्या देखिएपछि ह्याम्स अस्पताल भर्ना भएका हुन्।

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनुअघि गरिएको पिसिआर परीक्षणमा सन्दीपमा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए। तर, स्वासप्रस्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन्।

अस्पताल स्रोतले दिएको जानकारी अनुसार उनको अवस्था सामान्य छ ।

सन्दीप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा केही दिन सहभागी भएर बिग ब्यास लिग खेल्न डिसेम्बर दोस्रो साता अष्ट्रेलिया जाने तयारीमा थिए।
 


Leave a Reply

Your email address will not be published.