सुनको भाउ ७ सयले घट्यो, तोलाको ९० हजार कायम

सुनको भाउ ७ सयले घट्यो, तोलाको ९० हजार कायम

नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदीको भाउ तोलामा क्रमशः ७ सय र ३० रुपैयाँले घटेको छ। आइतबार सुन र चाँदीको भाउ क्रमशः ६ सय र १५ रुपैयाँले घटेको थियो।

महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ७ सयमा किनबेच भएको छापावाल सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजावी सुनको भाउ तोलाको ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ।

आइतबार १ हजार १ सय ५० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ सोमबार १ हजार १ सय २० मा झरेको छ।
 


Leave a Reply

Your email address will not be published.