बस दुर्घटनामा एकजनाको मृत्यु, १७ घाइते

बस दुर्घटनामा एकजनाको मृत्यु, १७ घाइते

अछामबाट धनगढी आउँदै गरेको बस अछामको चौरपाटीमा दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। 
ना ४ ख ९९७२ नम्बरको बस चौरपाटी गाउँपालिका-७ मार्कु भन्ने स्थानमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी साँफेबगर नगरपालिका-७ का १७ वर्षीय निरज कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका कुँवरलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक मोहन साउँदले बताए। बस साँफे-चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो।
 


Leave a Reply

Your email address will not be published.