बाइडेनको सञ्चार टोलीमा सबै महिला 

बाइडेनको सञ्चार टोलीमा सबै महिला 

अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको सञ्चार टोलीका सबै सदस्यमा महिलालाई राखेका छन्।

पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ। 

बाइडेनले आफूले ह्वाइट हाउसको सञ्चार टोलीका सबै सदस्यमा महिलाहरुलाई नियुक्त गर्न पाएकामा आफू निकै खुसी भएको बताए। 

उनीहरु सबै योग्य, अनुभवी सञ्चार विज्ञ रहेका बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताइन्।

बाइडेनको सञ्चार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्नेछिन्। उनले ह्वाइट हाउसको सञ्चार निर्देशकको रुपमा भूमिका निर्वाह गर्नेछिन्।

बेडिङफिल्डले बाइडेन-ह्यारिस चुनाव प्रचार अभियानको उपप्रचार व्यवस्थापकका रुपमा काम गरेकी थिइन्। उनले ह्वाइट हाउसको सञ्चार निर्देशकका रुपमा सेवा गर्ने अवसर प्रदान गरेकोमा बाइडेन र ह्यारिस दुबैलाई धन्यवाद दिएकी छिन्।


Leave a Reply

Your email address will not be published.