प्रधानमन्त्री ओली टिकटकमा

प्रधानमन्त्री ओली टिकटकमा

प्रधानमन्त्री केपी शर्मा ओली अब अर्को सामाजिक सञ्जाल 'टिकटक' मा पनि देखिन थालेका छन्।

युवा पुस्तामाझ लोकप्रिय भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्री ओलीले एकाउन्ट खोलेका हुन्।

ओलीले @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा ल्याएका छन्। र, यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ।

आइतबारमात्रै खोलिएको प्रधानमन्त्री ओलीको टिकटक एकाउन्टमा ६ हजार ६० जना फलोअर छन् भने २१ हजारभन्दा बढीले लाइक गरेका छन्।

टिकटक एकाउन्टमा प्रधानमन्त्रीले भाषण गरेको एउटा भिडियो पोस्ट गरिएको छ। भिडियोलाई २ लाख ८२ हजार ७ सयजनाले हेरिसकेका छन्।

@kpsharmaoli_official

We are working on service integration #digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli


Leave a Reply

Your email address will not be published.